संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली सम्मेलन

प्रधानमन्त्री 'प्रचण्ड' र संयुक्त राष्ट्रसङ्घ महासचिवबीच भेटवार्ता

पर्यावरण, खाद्य सुरक्षा र नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल
सोमबार, साउन ८, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली २०२३ सम्मेलनका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो ।

सो सम्मेलनमा सम्बोधनपछि प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा स्थानीय समयअनुसार आज दिउँसो साढे १ बजे महासचिव गुटेरसको भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री दाहाल यही शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनको साथमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाललगायत रहेका छन् । -रासस

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  २१:५६
प्रतिक्रिया दिनुहोस्