चिजकुमार श्रेष्ठको ‘यात्रा आफैँभित्र’ लोकार्पण

शनिबार, असार ३०, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं लेखक चिजकुमार श्रेष्ठको ‘यात्रा आफैँभित्र’ शीर्षकको कृति सार्वजनिक भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज यहाँ आयोजित कार्यक्रममा उक्त कृतिको लोकार्पण गरे । कार्यक्रममा ‘राष्ट्र देवोः भव र वीर गोर्खाली अमर छ’ बोलका राष्ट्रिय गीतसमेत सार्वजनिक गरिएको छ । 

कृतिमा जीवनको अर्थ, औचित्य र यात्रा तथा अर्थनीतिजस्ता विषयवस्तु समेटिएका छन् । पुस्तकमा जीवनदेखि निराश भएका तथा जाँगर र जोशले भरिपूर्णयुवालाई प्रेरित गर्ने विषयवस्तु रहेको पुस्तकका समीक्षक सुदर्शन खतिवडा र डा नवराज लम्सालले बताए ।

सो अवसरमा सहभागी वक्ताले विधिको शासन, लोकतन्त्र र सुशासनका लागि लामो समयसम्म योगदान दिने त्यागी लेखक श्रेष्ठजस्ता योग्य व्यक्तिलाई राजनीतिक दलले उचित स्थान र जिम्मेवारी दिन कन्जुस्याइँ गरेको बताए ।

बालपन, किसुनजीको आमसभामा वामपन्थीको अवरोध, ट्र्याक्टरमा गिरिजाबाबुको धादिङ भ्रमण, चाक्सिबारीमा महासम्मेलन र जनआन्दोलन, नयाँ पुस्तामा नेतृत्व, यस्तै रहेछ राजनीतिसहित ३३ शीर्षकमा विभिन्न विषयवस्तु समेटिएको रु चार सय मूल्य राखिएको  कृति दुई सय १६ पृष्ठको छ ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्