एमाले सचिवालय बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

शनिबार, असार ३०, २०८०

काठमाडौँ– नेकपा (एमाले)को केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ ।

महासचिव शंकर पोखरेलको नेतृत्वमा शुक्रबार केन्द्रीय कार्यालय बैठक बसेको हो । उक्त बैठकले आज बस्ने सचिवालय बैठकका एजेण्डा तय गरेको बताइएको छ ।

यसपटक धेरै र महत्त्वपूर्ण एजेण्डा नभए पनि नेताहरूको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक प्रस्तावमाथिको छलफल एजेण्डाका रूपमा रहेका छन् ।

एमाले केन्द्रीय कार्यालय बैठक महासचिवको उपस्थितिमा बस्ने र उपमहासचिव तथा सचिवहरूको उपस्थिति रहने गर्छ ।
 

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०६:२६
प्रतिक्रिया दिनुहोस्