बागमती प्रदेश सरकारद्वारा बढुवा कर्मचारीको पदस्थापन 

सोमबार, असार २५, २०८०

हेटौँडा– बागमती प्रदेश सरकारले पहिलो पटक ११औँ तहमा बढुवा भएका कर्मचारीलाई पदस्थापन गरेको छ ।

बागमतीमा प्रदेशबाटै कर्मचारी भर्ना लिने उद्देश्यअनुसार मुख्यमन्त्री शालिकराम जमकट्टेलले नियुक्तिपत्र प्रदान गरेर कर्मचारीको पदस्थापन गराएका हुन् । 

प्रदेश सरकारले बढुवा गरेका कर्मचारीहरूमा डा चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जी रहेका छन् । 

प्रदेश सरकारको वैशाख ११ गतेको निर्णयअनुसार प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले रिक्त पदहरूमा बढुवा समितिको निर्णयअनुसार योग्यता क्रमका उम्मेदवारहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो ।

प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा ४३ को प्रयोजनका लागि यो सूचना प्रकाशित गरेर बढुवामा सिफारिस गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्