Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई ५० हजार जरिवाना

आइतबार, असार २४, २०८०

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सेफ्टी ट्याङ्कीको फोहर ढलमा मिसाएको पाइएपछि रु ५० हजार जरिवाना तिराएको छ ।

आज  कामपा वडा नं ६ बौद्धस्थित बौद्धका गोकुलबहादुर बुढाथोकीले सेफ्टी ट्याङ्कीको फोहर ढलमा मिसाएको पाइएपछि रु ५० हजार जरिवाना तिराएको हो ।

पछिल्लो समय कामपाले आफ्नो अधिकार क्षेत्रभित्रमा स्थानमा जथाभावी फोहर फाल्ने, खुल्ला स्थानमा आगो बाल्ने, सडकमा निर्माण सामग्री राख्ने र ढल वा नदीमा फोहर मिसाउनेलाई नियमित अनुगमन गरी कारबाही गर्न थालेको  छ । सोही अनुसार कामपाले बुढाथोकीलाई जरिवाना तिराएको हो । 

चाडबाडको समयमा मात्रै बजार अनुगमन गर्दै आएको कामपाले पछिल्लो समय बजार व्यवस्थापन गर्नका लागि नियमित रुपमा अनुगमन गरिरहेको छ ।

कामपाले आगामी वर्षका लागि व्यक्तिगत तथा संस्थागत भान्सालाई स्वास्थ्यकर बनाइराख्न आरोग्यता कायम गर्न स्वच्छ भान्छा कार्यक्रमका लागि रु तीन करोड ५० लाख रकम विनियोजन गरेको छ । 

कामपाले समग्र स्वास्थ्यको क्षेत्रका लागि भने करिब रु ९७ करोड विनियोजन गरेको छ । 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्