प्रमुख शाहले सर्वोच्चमा तरिख बुझ्दै भने– प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, म आजबाट अपराधी

आइतबार, असार २४, २०८०

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफू आजबाट सर्वोच्च अदालतको तारिखमा रहेको जानकारी दिएका छन् ।

आज प्रमुख शाहले सर्वोच्च अदालतले दिएको तारिख–पर्चा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू ‘अपराधी’ भएको उल्लेख गरेका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज एउटा विशेष दिन, आजबाट म तारेखमा छु । भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो। भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा म आजबाट अपराधी ।’
 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्