भुटानी शरणार्थी प्रकरण

भुटानी शरणार्थी प्रकरण : आरजु राणालाई पैसा दिएँ भन्नेको स्वर चिनियो, कसको रहेछ ?

आइतबार, असार २४, २०८०

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका श्रीमती डा. आरजु राणालाई पैसा बुझाएको भन्नेको स्वर पहिचान भएको छ । 

प्रहरी प्रधान कार्यालयले सो आवाज नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी सन्देश शर्माको भएको स्पष्ट पारेको हो । अडियोमा बोल्ने व्यक्ति सन्देश शर्मा नै भएको प्रहरीले जनाएको छ । 

यसअघि आरजुले वैशाख २ गते आफ्नो नाम जोडिएपछि साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । सन्देश शर्माको आवाज भएको निर्क्योल लागेपनि त्यो अडियो कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार भएको प्रहरीले जनाएको छ ।

aarju-cyber1688888335.jpg

सन्देश शर्माको आवाज रहेको त्यस भिडियोमा आरजुलाई पनि पैसा दिइएको व्यहोरा थियो । आरजुले भने त्यसको खन्डन गरेकी थिइन् । सन्देश हाल उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्