Nic Ad Nic Ad
Nic Ad Nic Ad

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

शनिबार, असार २३, २०८०

मुग्लिन– नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध  भएको छ ।

आज दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको  छ ।

अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले जानकारी दिए । पहिरो पन्छाइ सडक सञ्चालन गर्न समय लाग्ने उनले बताए ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्