समाजवादी मोर्चाको पहिलो बैठक जारी

शनिबार, असार २३, २०८०

काठमाडौँ– समाजवादी मोर्चाको पहिलो बैठक अहिले नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय आलोकनगरमा बसिरहेको छ ।

नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चाको पहिलो बैठक बसेको हो ।

बैठकमा चार पार्टीका अध्यक्षसँगै अन्य शीर्ष नेताहरू सहभागी छन् । ४ असारमा चार पार्टीले मोर्चाको घोषणा गरेका थिए ।

माओवादी केन्द्रका एक नेताका अनुसार बैठक समसामयिक राजनीतिक अवस्थाका साथै मोर्चाको आगामी साझा कार्यक्रमबारे छलफल भइरहेको छ । 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्