Nic Ad Nic Ad
Nic Ad Nic Ad
पुस्तक प्रदर्शनी

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा पाठकको भीड

मंगलबार, असार १९, २०८०

काठमाडौँ– नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा पाठकको भीड बढ्न थालेको छ ।

असार ८ गतेदेखि सुरु भएको प्रदर्शनीको अन्तिम दिन आउन लागेकाले पाठकको बढी भीड बढ्न थालेको हो । 

१५ दिनका लागि गरिएको प्रदर्शनी असार २३ गते सकिने जनाइएको छ । पाठकको चाप बढेमा भने लम्बिन पनि सक्ने जनाइएको छ । प्रदर्शनीमा नेपाली साहित्यका विद्यार्थी र अनुसन्धानदाताले बढी पुस्तक खरिद गर्ने गरेका छन् । प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका करिब छ सय थरीका पुस्तक एवं पत्रपत्रिका राखिएको छ ।

प्रदर्शनीमा ‘लोक साहित्य सिद्धान्त’, ‘कौटिल्यको अर्थशास्त्र’, ‘कथा दर्शन’, ‘मार्कसवादी सौन्दर्य चिन्तन’, ‘माक्र्सवादी सौन्दर्यशास्त्रका आधारहरु’, ‘मार्कसवादी साहित्य सिद्धान्तका प्रतिनिधि विचारहरु’ र बाल साहित्यका पुस्तक बढी बिक्री भएको व्यवस्थापक सुधीर ढुङ्गेलले  जानकारी दिए । विभिन्न शब्दकोश पनि बढी बिक्री हुने पुस्तकमा पर्छन् ।

प्रदर्शनीमा प्रतिष्ठानसँगै साझा प्रकाशनले पनि कक्ष राखेको छ । साझाका चार सय ९२ थरीका पुस्तक प्रदर्शनीमा राखिएको छ । साझाले सांस्कृतिक संस्थान र पुरातत्व विभागले प्रकाशन गरेका पत्रिकासहित अन्य प्रकाशनका पुस्तक पनि राखेको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्