पाकिस्तानको कराँचीमा ३ जनाको गोली हानी हत्या, १ बालक घाइते

शुक्रबार, असार १५, २०८०

कराँची– पाकिस्तानको कराँचीस्थित बल्दियामासशस्त्र अपराधीहरूले ‘व्यक्तिगत दुश्मनी’का कारण गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक चार वर्षीय बालकको गोली लागेर घाइते भएका छन् ।

एआरवाई न्युजले बिहीबार जनाएअनुसार अनुसार घटना बलदियाको रसिदाबाद क्षेत्रमा भएको थियो जहाँ सशस्त्र अपराधीहरूले तीन नागरिकको हत्या गरी चार वर्षीय बालकलाई गोली हानेर घाइते बनाएका थिए ।

प्रहरीले विज्ञप्ति जारी गर्दै घाइतेहरूलाई गोली लागेको र उपचारको लागि स्थानीय अस्पतालमा लगिएको जनाएको छ ।

मृतकहरू मोहम्मद जुनैद, इम्तियाज, सिफान र मुहम्मद अयान रहेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक (एसपी) बल्दियाले प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसीबीका कारण घटना भएको  पाइएको बताएका छन् ।

यसअघि मार्चमा कराँचीको कश्मीर रोड क्षेत्रमा व्यक्तिगत दुश्मनीका कारण अज्ञात आक्रमणकारीहरूले एक नागरिकको गोली हानी हत्या गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्