Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेविरुद्धको रिट सर्वोच्चद्वारा खारेज 

बुधबार, असार १३, २०८०

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध युवराज सफलले दायर गरेको रिट खारेज गरेको छ । प्रधानन्यायाधीशसहित पाँचजना न्यायाधीशको संवैधानिक इजलासले लामछानेविरुद्ध सफलले दायर गरेको रिट खारेज हुने फैसला सुनाएको हो।

अधिवक्ता सफलले २०८० जेठ १० गते लामिछानेविरुद्ध संवैधानिक इजलासमा रिट दायर गरेका थिए ।

महान्यायाधिवक्ता कार्यालयले राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेपछि सफलले सोविरुद्ध संवैधानिक इजलासमा रिट हालेका थिए ।

उक्त रिटको औचित्य नभएको भन्दै आज संवैधानिक इजलासले खारेज गरिदिएको हो ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्