मोरङमा नागरिकता लिनेको भिड, के–के चाहिन्छ कागजात ?

मंगलबार, असार १२, २०८०

मोरङ– जिल्ला प्रशासन कार्यालय मोरङ विराटनगर आगाडि जन्मसिद्ध नागरिकका छोरा–छोरी नागरिकता प्रमाणपत्र बनाउनका लागि बिहानदेखि लामवद्ध भएर बसेका छन् ।

सर्वोच्च अदालतबाट जन्मसिद्धका सन्तानलाई बसंजका आधारमा नागरिकता दिनु भन्ने अन्तिम आदेशपछि सोमबारदेखि कार्यालयले नागरिकता वितरण शुरु गरेको हो । 

यसअघि शनिवार जिल्ला प्रशासन कार्यालयमा मोरङका १७  स्थानीय पालिकाका प्रमुखहरुको बैठकले नागरिकता प्राप्त गर्न चाहिने आवश्यक कागजातको मापदण्ड पुरा गरी सोही अनुसार वडाबाट सिफारिश पठाउन निर्णय भएको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले विद्यमान नागरिकता ऐनमा संशोधन पास भएको विधेयक तथा सर्वोच्च अदालतबाट अन्तिम आदेशमा भएको व्यवस्था अनुसार बाबु र आमाको नागरिकता हुनुपर्ने,जन्मदर्ता हुनु पर्ने,स्थायी वसोबास, पारिवारिक विवरण हुनुपर्ने , फोटो सहितको नाता प्रमाणीत , मतदाता परिचय पत्र, जग्गाधनी पूर्जा लगायतका कागजात राखी सिफारिश गर्न वडाहरुलाई निर्देशन दिएको जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  २२:००
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार