अमेरिकी भविष्यका बारेमा ह्वाइट हाउसका पूर्वप्रमुख सल्लाहकारको चिन्ता

शनिबार, असार ९, २०८०

लस एन्जलस– ह्वाइट हाउसका पूर्वप्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले असत्यको सामान्यीकरणका कारण संयुक्त राज्य अमेरिकाको भविष्यबारे चिन्तित भएको उल्लेख गरेका छन् ।

द हिलको फ्युचर अफ हेल्थ केयर समिटलाई सम्बोधन गर्नेक्रममा फौसीलाई सन् २०२४ को चुनावमा देशको बारेमा सोधिएको प्रश्नको जवाफमा उनको सो धारणा आएको हो ।

‘म देशको बारेमा धेरै चिन्तित छु किनकि हामीले के देखिरहेका छौं र मलाई लागिरहेको छ – हामी एक युगमा छौं, जसलाई म असत्यको सामान्यीकरण भन्छु,’ फौसीले भने, ‘त्यहाँ धेरै गलत  व्याख्यान छन् जसले चिन्ता बढाएका छन् ।’

फौसीले अमेरिकी राष्ट्रपति जो बाइडेनको शीर्ष चिकित्सा सल्लाहकार र अमेरिकी राष्ट्रिय एलर्जी र सङ्क्रमण संस्थानको निर्देशकको रूपमा काम गरेका छन् ।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्