संवेदनशील क्षेत्रमा विकास निर्माण कार्य रोक्दै अष्ट्रेलिया

शनिबार, असार ९, २०८०

क्यानबेरा- अष्ट्रेलियाको राजधानी क्यानबेराले राष्ट्रिय सुरक्षाको कारण देखादँदै संवेदनशील क्षेत्रमा विकास निर्माण कार्यलाई रोक्नका लागि आपतकालीन कानून अपनाएको छ । तर सो कानून घोषणाको अर्को दिन शुक्रबार  रुसले अस्ट्रेलियाको संसद् नजिक नयाँ दूतावास निर्माणकार्यका निम्ति काम शुरु गरेको छ ।

अष्ट्रेलिया सरकारका प्रवक्ताले एएफपीलाई रुसी संघले ‘संवैधानिक आधारमा कानूनको वैधतालाई उच्च अदालतमा चुनौती दिने’ निर्णय गरेको बताएका छन् ।
 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्