Nic Ad Nic Ad
Nic Ad Nic Ad

तार काटेको विषयमा प्राधिकरणले स्पष्टीकरण सोध्न नमिल्ने भन्दै बालेनले हाले रिट

बिहीबार, असार ७, २०८०

काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तार काटेको विषयमा प्राधिकरणले स्पष्टीकरण सोध्न नमिल्ने भन्दै उच्च अदालत, पाटनमा मुद्दा हालेका छन् ।

त्रिभुवन विमानस्थल क्षेत्रको तार काट्दा नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेपछि मेयर शाहले आज रिट दायर गरेका हुन् । 

मेयर शाहले आज उच्च अदालत पाटनमा प्राधिकरणलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

उक्त रिट उच्च अदालतका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा परेको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १ गते मेयर शाहलाई स्पष्टीकरण सोधेको थियो ।

यसअघि मेयर शाहको निर्देशनमा काठमाडौं महानगर–९ स्थित विमानस्थल क्षेत्रमा प्राधिकरणलाई कुनै जानकारी नदिई महानगरपालिकाका नगर प्रहरीले फेन्सिङ तार काटेको थियो । त्यसपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो । 
 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्