समाजवादी मोर्चाका दलहरु अस्थित्वको संकटमा : योगेश भट्टराइ

मंगलबार, असार ५, २०८०

काठमाडौँ– नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादी मोर्चामा रहेका दलहरु अस्थित्वको संकटमा रहेको बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै समाजवादी मोर्चा बनाएका माओवादी, जसपा लगाएत दलहरु अस्तीत्वको संकटमा रहेको बताएका हुन् ।

कांग्रेस र एमालेसंग नमिल्ने हो भने माओवादी पाँच देखि आठ सिट र नेकपा समाजवादी सून्य सिटमा आउने अवस्था रहने उनले बताए । उनले समाजवादी मोर्चाको कुनै औचित्व नरहेको भन्दै संविधान बनाउने र संविधान च्यात्ने एकै ठाँउ रहेकाले धेरै दिन नटिक्ने तर्क गरे । भट्टराईले मोर्चा विगतको इतिहास बताएर गर्व गर्ने पौढहरुको क्लब भएको बताए ।

उनले समाजवादी मोर्चालाई नियालिरहेको भन्दै मोर्चाका कारण एमालेलाई कुनै दवाव नभएको उल्लेख गरे ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्