समाजवादी मोर्चा घोषणा

समाजवादी मोर्चा घोषणा : बाबुराम छैनन्, झलनाथ उपस्थित

सोमबार, असार ४, २०८०

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा चार दल मिलेर समाजवादी मोर्चा घोषणा गरिएको छ ।

राष्ट्रिय सभागृहमा आयोजित घोषणा सभामा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई भने सहभागी छैनन् । तर, यसअघि सहभागी नहुने भनिएका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने उपस्थित छन् । 

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा प्रचण्ड अध्यक्ष रहेको माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच एउटै मोर्चा बनेर अघि बढ्ने घोषणा भएको हो । जसको नाम समाजवादी मोर्चा, नेपाल राखिएको छ ।

समाजवादी मोर्चा घोषणा कार्यक्रममा चारै पार्टीका शीर्ष नेताले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार