Nic Ad Nic Ad
Nic Ad Nic Ad

नारायणीमा डुबेर एक भारतीय तीर्थयात्रीको मृत्यु

शनिबार, असार २, २०८०

चितवन– भारतको अयोध्याबाट नेपालका विभिन्न धार्मिकस्थलको भ्रमण गर्न आएका एक युवकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा २२ वर्षीय प्रदीप शर्माको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार मध्यान्ह १२ः४५ बजेको समयमा नदीमा डुबेका शर्माको शव १ः२५ बजे पाँच सय मिटर तल फेला परेको छ ।

देवघाटमा तीर्थ यात्राका लागि युपी ६२ एपी ९६९६ नम्बरको गाडीमा ५० जना भारतीय नागरिक आएका थिए । ती सबैजना नारायणीमा स्नान गर्दा शर्मा भने बेपत्ता भएका थिए ।
 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  ०८:४०
प्रतिक्रिया दिनुहोस्