कोशी प्रदेशसभा

कोशी प्रदेश : नीति तथा कार्यक्रममा के–के समेटिए ? [पूर्णपाठ]

बुधबार, जेठ ३१, २०८०

विराटनगर– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

नीति तथा कार्यक्रममा कृषि मार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिक मैत्री सेवा विस्तारमा जोड दिने, विगतदेखि सञ्चालित बहुवर्षीय आयोजनाहरु सम्पन्न गर्ने उल्लेख गरिएको छ। त्यस्तै, रोजगारी उल्लेख्य वृद्धि गर्न स्थानीय तहसँग साझेदारीलाई प्राथमिकता दिइने, प्रदेश गौरवको आयोजना पहिचान गरिने, गरिबी निवारणका उपायको अध्ययन अनुसन्धान गरिने लगायतका विषयहरू समेटिएको छ । 

विराटनगर महानगरपालिकामा रहेको बैजनाथपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको प्रादेशिक क्रिकेट मैदान र झापा जिल्लाको कमल गाउँपालिका पाडाजुँगीमा रहेको आदिवासी जनजाति रङ्गशालालाई प्रादेशिक रङ्गशालाको रूपमा विकास गरिने कुरालाई नीति तथा कार्यक्रममा जोड दिइएको छ । तर विपक्षी दलहरूले भने सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयन नहुने बताएका छन् ।

संवैधानिक बाध्यता हटाउन मात्रै सरकारले नीति तथा कार्यक्रम ल्याएको आरोप विपक्षी गठबन्धनले लगाइरहेका बेला नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले नीति कार्यक्रम ल्याउनै पर्ने सरकारलाई बाध्यात्मक व्यवस्था नरहेको बताएका छन् ।

यस्तो छ– नीति तथा कार्यक्रम

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १९:२७
प्रतिक्रिया दिनुहोस्