Nic Ad Nic Ad
Nic Ad Nic Ad

नागरिकता माग्दै एक युवाले गरे माइतीघरमा आत्मदाह प्रयास

प्रहरीद्वारा उद्धार 
मंगलबार, जेठ ३०, २०८०

काठमाडौँ– नागरिकता माग्दै एक युवाले माइतीघरमा आत्मदाह प्रयास गरेका छन् ।

ती युवाले आज दिउँसो मट्टितेल खन्याएर आगो लगाउन खोज्दै आत्मदाह प्रयास गरेका हुन् । 

उनले आफूमाथि मट्टितेल खन्याएका थिए । लगत्तै प्रहरीले उद्धार गरेर ट्रमा सेन्टर लगेको छ । 

नागरिकता विधेयकलाई सर्वोच्च अदालतले रोकेको विरुद्धमा भएको प्रदर्शनमा ती युवाले आत्मदाह प्रयास गरेका हुन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्