Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेलायती राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

शुक्रबार, जेठ २६, २०८०

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेट गरेका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए । 

सो अवसरमा राष्ट्रपतिले राजदूत पोलिटलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्