चर्च ब्वाइज डेब्यूमै बन्यो लिग च्याम्पियन

मंगलबार, जेठ २३, २०८०

काठमाडौँ– चर्च ब्वाइज युनाइटेड डेब्यू सिजनमै सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ ।

एक चरणको खेल बाँकी छँदै चर्च ब्वाइज च्याम्पियन बनेको हो ।

दशरथ रंगशालामा आज भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेले पनि त्यो लिग जित्न पर्याप्त बन्यो ।

चर्च ब्वाइजले यसै वर्ष ‘ए’ डिभिजन लिगमा डेब्यू गरेको थियो । पहिलो प्रयासमै उपाधि जित्न सफल भयो ।  चर्च ब्वाइज नेपाली माथिल्लो डिभिजनको उपाधि जित्ने १६ औं टाेली बनेको छ । 

लिग जितेको चर्च ब्वाइजको ४५ अंक छ । दोस्रो स्थानमा रहेको मछिन्द्रको ३९ अंक छ र उसका दुई खेल बाँकी छन् । यी दुवै खेलमा मछिन्द्र विजयी रहे पनि उसको ४५ अंक हुनेछ र चर्च ब्वाइजसँग बराबरी गर्नेछ । हेड टु हेडको आधारमा चर्च ब्वाइज शीर्षमा रहनेछ । 

May be an image of text

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्