नेभिगेशन
खेलकुद

हारसँगै राजस्थानको प्लेअफ सभावना समाप्त, मुम्बई शिर्ष स्थानमा

काठमाडौँ - मुम्बई इण्डियन्स जारी आइपिएलको शिर्ष स्थानमा उक्लिएको छ ।

गएराती सम्पन्न खेलमा राजस्थान रोयल्सलाई १०० रनले पराजित गर्दै मुम्बई शिर्ष स्थानमा उक्लिएको हो ।

मुम्बईले दिएको २१८ रनको लक्ष्य पछाएको राजस्थान १६.१ ओभरमा केवल ११७ रनमा अल आउट भएको थियो । राजस्थानका लागो जोफ्रा आर्चरले सर्बाधिक ३० रन बनाए भने रियान परागले १६ रन बनाएका थिए ।त्यस्तै मुम्बईका बलर ट्रेन्ट बोल्ट र कर्ण शर्माले ३-३ तथा जसप्रित बुमराहले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउदै २१७ रन बनाएको थियो । मुम्बईका लागि रयान रिकेलटनले ६१, रोहित शर्माले ५३ तथा सूर्यकुमार यादव र हार्दिक पाण्डेयले ४८-४८ रन बनाएका थिए ।


यो जितपछि मुम्बईको ११ खेलमा ७ जित र ४ हारसहित १४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै राजस्थानको प्लेअफको सम्भावना भने समाप्त भएको छ । राजस्थानको ११ खेलमा ३ जित र ८ हारसहित ६ अंक रहेको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद