नेभिगेशन
समाज विविध

काठमाडौंस्थित पाकिस्तानी दूतावास अगाडि बिरोध, सैनिक प्रमुख असिम मुनिरप्रति आक्रोश

काठमाडौं– भारतको जम्मू काश्मिर घुम्नका लागि पुगेका नेपाली युवा सुदीप न्यौपानेको हत्याको बिरोधमा काठमाडौंस्थित पाकिस्तानी दूतावासअगाडि बिरोध प्रदर्शन भएको छ।

आतंकवादी समूहले बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेको हत्या गरेका थिए। धर्म सोधीसोधी गरिएको हत्याका पछाडि पाकिस्तानी सैनिक प्रमुख जनरल आसिम मुनिरको अभिव्यक्ति रहेको भनी त्यसको पनि बिरोध गरिएको छ।

घटनाको विरोधमा नेपाल नागरिक अभियानले आतङ्कवादविरुद्ध ऐक्यबद्धता जनाउँदै पाकिस्तानी दूतावास अघि प्रदर्शन गरेको हो। 

घटनालगत्तै पाकिस्तानी सैनिक जनरल असिम मूनिरले हिन्दु समुदायविरुद्ध दिएको अभिव्यक्ति समेत आपत्तिजनक रहेको भन्दै विरोध प्रदर्शन गरिएको हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध