नेभिगेशन
खेलकुद

चेन्नईलाई हराउदै पञ्जाव किंग्स दोस्रो स्थानमा उक्लियो

काठमाडौँ - पञ्जाव किंग्सले चेन्नई सुपर किंग्समाथि ४ विकेटको जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पञ्जावले चेन्नईलाई ४ विकेटले पराजित गरेको गरेको हो ।

चेन्नईले दिएको १९१ रनको लक्ष्य पछाएको पञ्जावले १९.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

पञ्जावको जितमा कप्तान श्रेयस अय्यरले सर्बाधिक ७२ रन बनाएका थिए भने प्रभसिमरन सिंहले ५४, प्रियांश आर्या र सुशान्त सिंहले २३-२३ रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले १९.२ ओभरमा अल आउट हुदै १९० रन बनाएको थियो ।

चेन्नईका लागि साम कुरानले सर्बाधिक ८८ रन बनाए भने डेवाल्ड ब्रेभिसले ३२ रन बनाएका थिए ।

पञ्जावका लागि युजवेन्द्र चहलले सर्बाधिक ४ विकेट लिए भने अर्शदीप सिंह र मार्को जानसेनले २-२ विकेट लिएका थिए ।

यो जितपछि पञ्जाव १० खेलमा १३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी चेन्नईले भने आठौ हार बेहोरेको छ । चेन्नईले १० खेलमा केवल २ खेल मात्र जितेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद