नेभिगेशन
खेलकुद

डेम्बेलेको गोलमा आर्सनलमाथि पिएसजीको जित

काठमाडौं - युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पिएसजीले अग्रता हासिल गरेको छ ।

गएराती सम्पन्न सेमिफाइनलको पहिलो लिगमा आर्सनललाई उसकै घरेलु मैदानमा १-० गोल अन्तरले पराजित गर्दै अग्रता हासिल गरेको हो ।

पिएसजीको यस जितमा खेलको चौथो मिनेटमा ओसमान डेम्बेलेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अब सेमिफाइनलको दोस्रो लिग आगामी मे ८ मा हुने छ र यो खेल पिएसजीको घरेलु मैदानमा हुने छ ।

त्यसैगरी अर्को सेमिफाइनलको पहिलो लिगमा आज बार्सिलोना र इन्टर मिलान खेल्ने तालिका छ । यो खेल इन्टर मिलानको घरेलु मैदानमा हुदैछ ।
   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद