नेभिगेशन
खेलकुद

आइपिएलमा आज रोयल च्यालेन्जर्स बैंगलुरु र चेन्नई सुपर किंग्स भिड्दै

काठमाडौँ -जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछ । आज रोयल च्यालेन्जर्स बैंगलुरु र चेन्नई सुपर किंग्सबीच खेल हुदैछ ।


बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुनेछ ।


जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले राम्रो प्रदर्शन गरिरहेको छ । हालसम्म १० खेलमा ७ खेल जितेको रोयल च्यालेन्जर्सको १४ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । यो खेल जितेमा रोयल च्यालेन्जर्स शिर्ष स्थानमा उक्लिने छ । 


अर्कोतर्फ चेन्नई सुपर किंग्स भने यस सिजनको प्लेअफको दौडबाट बाहिरिइसकेको छ । १० खेलमा ८ खेलमा हार बेहोरेको चेन्नईको यो सिजन यस अघि नै समाप्त भए पनि बाँकी चार खेल आफ्नो शाखका लागि खेल्ने छ । नियमित कप्तान बीचमै घाइते भएर बाहिरिनु र खेलाडी कम्बिनेसन समेत नमिल्नुले चेन्नईको यस सिजनमा खराब प्रदर्शनको प्रमुख कारण भएको देखिएको छ ।


यस सिजनमा यसअघि मार्च २८ मा भएको दुवै बीचको खेल रोयल च्यालेन्जर्सले ५० रनले जितेको थियो । 
 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद