नेपालमा बाैद्ध धर्म मान्नेको संख्या थोरै घट्यो, हिन्दू पहिलो नम्बरमा यथावत

शुक्रबार, जेठ १९, २०८०

काठमाडौँ– नेपालमा बाैद्ध धर्म मान्नेको जनसंख्या थोरै घटेको पाइएको छ । 

आज सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को जाति र धर्मसम्बन्धी तथ्यांकअनुसार बौद्ध धर्म मान्नेको संख्या थोरै घटेको हो ।

नेपालमा २०६८ को जनगणनाअनुसार बौद्ध ९ प्रतिशत थिए । अहिले थोरै घटेर ८.२१ प्रतिशत पुगेको पाइएको छ ।

यस्तै, सबैभन्दा बढी जनसंख्या भएको हिन्दू भने भारी अन्तरमा यथावत रहेको छ । तथ्याङ्कअनुसार ८१.१९ प्रतिशत हिन्दू रहेको पाइएको छ ।

यसैगरी ५.९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

नेपालमा १० वटा धर्म मान्ने मानिसको बसोबास रहेको पाइएको छ ।

हेरौँ तथ्याङ्क :


 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  २२:००
प्रतिक्रिया दिनुहोस्