Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेमा व्यापक जिम्मेवारी हेरफेर : उपाध्यक्षहरूलाई विभागीय प्रमुख, ६ सचिव प्रदेश इन्चार्ज

शुक्रबार, जेठ १९, २०८०

काठमाडौँ– नेकपा (एमाले)ले केन्द्रीय नेताहरुको जिम्मेवारी व्यापक हेरेफेर गरेको छ । उपाध्यक्षहरूलाई विभागीय प्रमुख र सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । 

आज बसेको केन्द्रीय सचिवालयको बैठकले बागमती प्रदेशबाहेक अन्य ६ प्रदेशको इन्चार्ज तोकेको हो ।

बैठकले कोसी प्रदेशमा रघुवीर महासेठ, मधेसमा योगेश भट्टराई, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदूरपश्चिममा छविलाल विश्वकर्मालाई इन्चार्ज तोकेको हो ।

बागमतीमा भने केन्द्रीय कार्यालयले हेर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

यस्तै, एमालेले संगठन विभाग प्रमुखमा काशीनाथ अधिकारीलाई जिम्मा दिएको छ । यसअघि खगराज अधिकारी विभााग प्रमुख रहेकोमा वागमती इन्चार्ज रहेका अधिकारीलाई संगठनको जिम्मा दिइएको हो ।

यसैगरी, प्रचार तथा प्रकाशन विभागमा राजेन्द्र गौतमलाई जिम्मा दिएको छ । यसअघि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ थिए ।

त्यस्तै, एमालेले एकीकृत समाजवादीसहित अरु पार्टीबाट आएकाहरूलाई केन्द्रीय सदस्य बनाएको छ।

सचिवालय बैठकले एकीकृत समाजवादी छाडेर आएका मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो। त्यस्तै समाजवादीबाट फर्किएका चुडामणि विक जंगलीलाई पनि एमालेले केन्द्र सदस्य बनाएको छ।
उनीहरूसहित एमालेले १३ जनालाई शुक्रबार केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

न्यौपाने र जंगलीसहित नेताह प्रेमबहादुर सिंह, भागवत विश्वासी, हेमराज राई, ठम्मर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, एकवाल मियाँ, गणेश खनाल, प्रेम तामाङ, यामबहादुर परियार, र सुरेन्द्र मानन्धर केन्द्रीय सदस्य भएका छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्