‘ए’ डिभिजन लिग फुटबल

न्युरोडसँग सातदोबाटो, मनाङसँग थ्री स्टार पराजित

आइतबार, जेठ १४, २०८०

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।

आइतबार ललितपुरस्थीत च्यासल मैदानमा भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

खेलको ६३ औं मिनेटमा निकोलस सङले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६७ औं मिनेटमा सनम लिम्बुले गोल गर्दै एनआरटीलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा सातदोबाटोका शिव सुवेदीले गोल गरेपनि एनआरटी २–१ ले विजयी भयो । जितसंगै एनआरटी २२ खेलमा २९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।

सातदोबाटो २२ खेलमा २९ अंकका साथ छैटौं स्थानमा रहेको छ ।

त्यस्तै, आइतबार नै एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा मनाङले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

मनाङको जितमा चेतन कुमार थारुले खेलको ३८ औं मिनेटमा निर्णायक गोल गरे । जितसंगै मनाङले २२ खेलमा २८ अंक जोडेको छ । थ्री स्टारको २२ खेलमा २६ अंक रहेको छ । 

a division_jesta14 table1685275231.jpg

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्