मिस नेपाल वर्ल्ड–२०२३

मिस नेपालको ताज श्रीच्छा प्रधानलाई

शनिबार, जेठ १३, २०८०

काठमाडौँ– ‘मिस नेपाल वर्ल्ड–२०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । 

शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा प्रधानले ‘मिस नेपाल वर्ल्ड–२०२३’ को ताज जितेकी हुन् । साथै, उनले २३ वर्षिया ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’को सहविधा समेत जितेकी छन् ।

miss nepal world 2023_21685196625.jpg

अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिइन् । वातावरण विज्ञानमा स्नातक तहमा अध्ययनरत मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा हुन् ।

त्यस्तै, प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते । 

साथै अन्य १२ सहविधाका विजेता समेत घोषणा गरिएको छ । जसमा मिस पपुलर च्वाइस प्रसिद्धी शाह, ऐश्वर्या श्रेष्ठ मिस फिटनेस क्वीन र मिस इन्टलेक्चुअल, ग्रिष्मा अधिकारी मिस ग्ल्यामर, मिस कन्फिडेन्ट प्रज्ञा बज्राचार्य, मिस हेल्दी स्किन रायना मजगैयाँ, मिस मल्टिमिडिया सुहानी खड्का क्षेत्री, फेस अफ द इयर र मिस डीएचआई श्रीइच्छा प्रधान, वुमन थि द विंग्स उन्नती गुरुङ, मिस फोटोजेनिक कीर्तिक खड्का, मिस ब्यूटी विथ द पर्पस आयुष्मा बराल घोषित भए ।

miss nepal 20231685198140.JPG

समारोहमा नेपाली फेसन, फिल्म र संगीत क्षेत्रका सेलिव्रिटीको बाक्लो उपस्थिती थियो । २४ जना सेमिफाइनलिस्ट सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

मिस नेपालको आयोजना द हिडन ट्रेजरले वर्षेनी गर्ने गरेको छ । यसवर्ष नयाँ मिस नेपाल घोषणा गरिए पनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ जोशीले नै सहभागिता जनाउनेछिन् । नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वर्ल्डमा पठाइनेछ कम्पनीले जानकारी दिएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार