‘ए’ डिभिजन लिग फुटबल

एपीएफसँग जावलाखेल पराजित, आर्मी र मछिन्द्र बराबरी

शनिबार, जेठ १३, २०८०

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेलेका छन् ।

शनिबार ललितपुरस्थीत च्यासल मैदानमा आर्मी र मछिन्द्रले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।  

खेलको १७ औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६० औं मिनेटमा आर्मीका युद्द शाहीले आत्मघाती गोल गरेपछि मछिन्द्र हारबाट जोगिएको हो ।

बराबरीसँगै आर्मीले २२ खेलमा ३० अंक जोडेको छ । मछिन्द्र २२ खेलमा ३६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै, शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा एपीएफले जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ । 

खेलको २३ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा आवास लामिछाने गोल गर्दै एपीएफलाई २–० को जित दिलाए । जितसंगै एपीएफले २२ खेलमा २९ अंक जोडेको छ । जावलाखेल २२ खेलमा ३४ अंक जोडको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्