पाकिस्तान विष्फोट : ४ जनाको मृत्यु, ९ घाइते

शुक्रबार, जेठ १२, २०८०

इस्लामाबाद– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति दुई स्थानमा भएका विष्फोटमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका छन् । 

पहिलो विस्फोट प्रान्तको हर्नाई क्षेत्रमा भएको थियो । विष्फोटमा घाइते भएका दुई जनालाई उद्धार गर्न मानिसहरू घटनास्थल पुग्ने बित्तिकै दूर नियन्त्रित उपकरणबाट दोस्रो विस्फोट गराउँदा दुई जना उद्धारकर्मीको ज्यान गएको प्रहरीले जनाएको छ । 

दोस्रो विष्फोटमा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रहरीले जनाएको छ भने आक्रमणमा संलग्नको खोजी भइरहेको छ । घाइते सबैलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । अहिलेसम्म कुनै  व्यक्ति वा  समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

यसैबीच, उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको खैबर जिल्लामा रहेको एक प्रहरी चौकीमा शुक्रबार बिहान भएको विस्फोटमा दुई प्रहरीको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् । घटनाको अनुसन्धान भइरहेको खैबर जिल्लाका प्रहरी अधिकृत सलीम अब्बासले बताएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्