Nic Ad Nic Ad
Nic Ad Nic Ad

रेशम चौधरीलाई छाड्ने सरकारको तयारीमा सत्तारुढ दलकै आपत्ति

शुक्रबार, जेठ १२, २०८०

काठमाडौँ– सरकारले टीकापुर हत्याकाण्डमा मुख्य दोषी ठहर भएका रेशम चौधरीलाई छाड्ने तयारी गरेकोप्रति सत्तारुढ दलले नै आपत्ति जनाएको छ ।

सत्ता गठबन्धनकै एक घटक राष्ट्रिय जनमोर्चा आपत्ति जनाएको हो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टी विज्ञप्ति जारी गर्दै टीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना भएको उल्लेख गर्दै आममाफी दिन नहुने धारणा राखेका छन् ।

‘त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आममाफी दिई कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी मात्र हो,’ उनले भनेका छन् ।

टिकापुर हत्याकाण्डका नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने भन्दै चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाएको प्रक्रिया रोक्न सरकारसँग उनले मागसमेत गरेका छन् ।

२०७२ भदौमा टीकापुरमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो । यस घटनाका मुख्य दोषी थारू अगुवा चौधरी भएको सर्वोच्च अदालतले ठहर गर्दै जन्मकैदको सजाय सुनाइसकेको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्