रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

१० जना घाइते, ४ को अवस्था गम्भीर 
बिहीबार, जेठ ११, २०८०

काठमाडौँ– रुकुम पश्चिममा जिप दुर्घटना भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–८, दुलीमा आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी ४ जनाको मृत्यु भएको रुकुम प्रहरीले जनाएको छ । यस्तै १० जना घाइते भएका छन् ।

मृत्यु हुनेहरू अधिकांशको सनाखत भइसकेको छ । जसमा सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री, बाँफीकोट गाउँपालिका–८ की रेखा खत्री र उनको सानो छोरा रहेका छन् ।

सुत्केरी महिला र एक बच्चाको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।  

सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटतर्फ जाँदैै गरेको जु १ ज १७४७ नम्बरको जिप भई दुर्घटनामा परेको हो ।

१४ जना सवार उक्त जिप दुर्घटनाको कारण भने खुल्न बाँकी छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्