मेरो उपचारमा सरकारले दिने भनेको पैसाले जलनको उपचार गर्ने अस्पताल खोलौंः डा. चन्द्र भण्डारी

बुधबार, जेठ १०, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले आफ्नो उपचारको लागि सरकारले दिने भनेको रकमबाट जलन उपचार गर्ने अस्पताल खोल्न आग्रह गरेका छन् ।

आज प्रतिनिधि सभामा बोल्दै डा. भण्डारीले यस्तो बताएका हुन् । गत फागुन ४ गते निवासमा ग्यास सिलिण्डर विस्फोट भएपछि डा. भण्डारी घाइते भएका थिए । सोही घटनामा परी उनकी आमाको भने निधन भएको थियो ।

आगलागीबाट घाइते भएका डा. भण्डारीको नेपालमा उपचार हुन नसकेपछि भारतको मुम्बइमा लगेर उपचार गरिएको थियो । उपचारपछि निको भएर डा. भण्डारीले आज पहिलो पटक संसदमा आफ्नो धारणा राखेका हुन् ।

संसदमा बोल्दै डा. भण्डारीले नेपालमा जलनको उपचार गर्ने स्तरीय अस्पताल आवश्यक भएको उनको भनाइ छ । डा. भण्डारीको उपचारमा लागेको खर्च सरकारले व्यहोर्ने भनिएको थियो । डा. भण्डारीले आफ्नो उपचार खर्चले जलनको उपचार गर्ने स्तरीय अस्पताल खोल्न डा. भण्डारीले आग्रह गरे । 

सरकारले आफूलाई उपचार खर्च दिएमा सो रकम पनि जलनको उपचार गर्ने अस्पताल खोल्नको लागि प्रयोग गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्