रूसी सीमा क्षेत्रमा ड्रोन आक्रमण, आवासीय भवनमा क्षति

मंगलबार, जेठ ९, २०८०

मस्को– युक्रेनसँग सिमाना जोडिएको रुसको बेल्गोरोड क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई खसालेको उक्त क्षेत्रका गभर्नरले मङ्गलबार बताएका छन् ।

गभर्नर व्याचेस्लाभ ग्लाडकोभले टेलिग्राम पोस्टमा त्यस क्षेत्रमा कुनै ठूलो दुर्घटना भने नभएको उल्लेख गरेका छन् ।

उनले बेल्गोरोड क्षेत्रको ग्रेभोरोन जिल्ला र बोरिसोभ जिल्लामा ड्रोन आक्रमण भएको र थुप्रै निजी आवासीय भवनहरूलाई क्षति पुर्याएको बताएका छन् । युक्रेनको खार्कोभ क्षेत्रको छेउमा अवस्थित बेल्गोरोड क्षेत्र हालै युद्धको केन्द्र बनेको छ।

एक युक्रेनी सशस्त्र बल ‘सबोटेज र टोही समूह’ सोमबार बेलगोरोड क्षेत्रमा प्रवेश गरेको रूसी पक्षले जनाएको छ। तर, कीभले यस क्षेत्रमा अपरेशनको पछाडि दुई रूसी अर्धसैनिक समूहको हात रहेको बताएको छ ।

बेल्गोरोड क्षेत्र सोमबारदेखि आतङ्कवाद विरोधी अभियानको अधीनमा छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  २०:२२
प्रतिक्रिया दिनुहोस्