लुम्बिनी प्रदेशमा थपिएका ३ मन्त्रीले लिए सपथ 

सोमबार, जेठ ८, २०८०

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारमा थप तीन जनाले मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । 

सोमवार प्रदेश प्रमुख कार्यालय बुटवलको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

आजै नयाँ मन्त्रीको रुपमा नेपाली काँग्रेसका नेता राजु खनाल स्वास्थ्य मन्त्री,जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमी व्यवस्था मन्त्री र जनमत पार्टीका  चन्द्रकेश गुप्ताले सामाजिक मन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

त्यस्तै त्यसअघि नियुक्त भएका लोसपाका सन्तोषकुमार पाण्डेयलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय र धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिएइको छ । यसअघि लुम्बिनी प्रदेश सरकारमा माओवादीका धनबहादुर मास्की अर्थमन्त्री बनिसकेका छन् ।

सोही कार्यक्रममा लुम्बिनी प्रदेशका  मुख्य न्यायाधिवक्ताका रुपमा वरिष्ठ अधिवक्ता प्रा.डा. बुद्ध बहादुर थापाले पद तथा गोपनियताको सपथ लिएको छन् ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्