अहिलेका समस्यालाई सम्बोधन गर्न नीति तथा कार्यक्रम सहयोगी : माधव नेपाल

सोमबार, जेठ ८, २०८०

काठमाडौँ– सरकारको नीति तथा कार्यक्रम माथिको छलफल आज पनि प्रतिनिधिसभामा जारी छ ।

यसैबीच, एकीकृत समाजवादीका सांसद माधवकुमार नेपालले अहिलेका समस्यालाई सम्बोधन गर्न सरकारले ल्याएको नीति तथा कार्यक्रम सहयोगी हुने बताएका छन् । 

एकीकृत समाजवादी अध्यष्क्षसमेत रहेका नेपालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कागजको खोस्टाजस्तो नभएको दाबीसमेत गरे ।

‘यसो हेर्दा यो कागजको खोस्टाजस्तो त लागेन । कुनै पनि दस्तावेज आफैंमा पूर्ण हुँदैन । यसका लागि छलफलको आवश्यकता पर्छ,’ उनले भने, ‘सुझाव–सल्लाह पनि चाहिन्छ । यो नीति तथा कार्यक्रम सकारात्मक छ । देशको समस्यालाई समाधान गर्नसक्छ ।’

आइतबारदेखि सुरु भएको छलफलमा प्रमुख प्रतिपक्ष दल एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए ।

आज पनि सोही नीति तथा कार्यक्रम माथि छलफल भइरहेको छ । राष्ट्रियसभामा पनि नीति कार्यक्रममाथि छलफल हुँदैछ ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्