नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी 

सोमबार, जेठ ८, २०८०

काठमाडौँ– सरकारको नीति तथा कार्यक्रम माथिको छलफल आज पनि प्रतिनिधिसभामा जारी रहेको छ ।

आइतबारदेखि सुरु भएको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए ।

आज पनि सोही नीति तथा कार्यक्रम माथि छलफल भइरहेको छ ।

बैठक बिहान ११ः०० बजेबाट सुरु भएको हो । अहिले शून्य समयमा आफ्नो धारणा राखिरहेका छन् ।

राष्ट्रियसभामा पनि नीति कार्यक्रममाथि छलफल हुँदैछ ।

शन्य समय सकिएपछि नीति तथा कार्यक्रमबारे छलफल हुनेछ । 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्