नेभिगेशन
समाज विविध

रुकुमपश्चिममा पहिलोपटक गाडी पुगेपछि नाचगान र खुसियाली

रुकुम– रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१ मा पहिलोपटक गाडी पुगेको छ ।

जिल्लाकै विकट वडा सडक सञ्जालसँग जोडिएको हो । उक्त सडक निर्माणका लागि २०७८ सालमा हेलिकप्टरमार्फत डोजर ढुवानी गरिएको थियो । 

गाउँमा पहिलोपटक गाडी पुग्दा स्थानीयवासी खुसी भएका छन् । पहिलोपटक वडा नं १ मा पुगेका दुईवटा ट्र्याक्टर र डोजर पुगेपछि स्थानीयवासीले चालक र जनप्रतिनिधिलाई फूलमालाले स्वागत गरेका छन् भने नाचगान गरेर खुसियाली साटेका थिए ।

rukum_pachhim_pahilo_gaadi11684680127.jpg

आठबिसकोट–१ का वडाअध्यक्ष देवबहादुर घर्तीका अनुसार चट्टानी क्षेत्र धेरै भएकाले दुई वर्षसम्म भिर फुटाउन नसक्दा वडा नं १ र २ का नागरिक सडक सञ्जालमा जोडिन सकेका थिएनन् । वडामा सवारी साधन पुगेसँगै आवतजावतमा सहज भएको छ । 

वडाध्यक्ष घर्तीले पालिकाको सबैभन्दा विकट भएको वडा सडक सञ्जालमा जोड्न सफल भएको बताए । यो क्षेत्रलाई सडक सञ्जालसँग जोड्न २०७८ सालमा सडक निर्माण सामग्रीसहितको डोजर हेलिकोप्टरमार्फत ढुवानी गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध