मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित 

शुक्रबार, जेठ ५, २०८०

काठमाडौँ– मन्त्रिपरिषद्को बैठकले सरकारको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।बैठक ४ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्