Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्णालीमा विपद्का घटनामा परी चालु आवमा ६५ जनाको मृत्यु

शुक्रबार, जेठ ५, २०८०

सुर्खेत– कर्णाली प्रदेशमा विपद्का घटनामा परी चालु आर्थिक वर्षको नौ महिनामा ६५ जनाको मृत्यु भएको छ भने एक सय १० घाइते भएका छन् । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्याङ्कअनुसार चालु आवको नौ महिनामा विपद्का घटनामा परी प्रदेशभर ६५ जनाको मृत्यु भएको हो । 

सबैभन्दा धेरै पहिरोका कारण मानवीय क्षति हुने गरेको मन्त्रालयको तथाङ्कमा उल्लेख छ । वर्षाका कारण एक हजार छ सय ३५ भन्दा धेरै घटना भएका छन् भने पहिरोका कारण ४८ वटा घटना भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद् व्यवस्थापन अधिकृत कृष्णबहादुर रोकायाले जानकारी दिए । 

उनका अनुसार पहिरोका कारण ३८ जनाको मृत्यु भएको छ भने आगलागीबाट सात जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आवमा हालसम्म ८६ वटा आगलागीका घटना भएका छन् । आगलागीका कारण सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

त्यसैगरी चट्याङका ३३ वटा घटनामा परी तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । यो वर्ष पहिरोका तीन सय ४८ वटा घटना भएका तथ्याङ्कमा जनाइएको छ । -रासस
 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०६:५२
प्रतिक्रिया दिनुहोस्