नेभिगेशन
अर्थ विविध

३२ अंकले बढ्यो नेप्से, १ अर्ब ४७ करोडको कारोबार

काठमाडौं - सेयरबजार परिसूचक नेप्से  ३२.३० अंकले बढेको छ। बिहीबार नेप्से १८ सय ७७.३२ अंकको विन्दुमा उक्लिएको हो । 

आज कारोबार रकम समेत बढेर १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

बिहीबार १३ वटै उपसूचक धनात्मक हुँदै गर्दा दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटको करिब नजिक नजिक आइपुग्दा सेयर बजारले समेत सकारात्मक बाटो लिएको छ । १८ सय २१ को विन्दुबाट सुरु भएको यो साताको सेयर कारोबार ५६ अंकमाथिले बढ्दै बिहीबार १८ सय ७७ अंकको विन्दुमा पुगेको हो ।

उपसमूहतर्फ पनि आज हरियाली देखिएको छ । जहाँ १३ वटै समूहको सेयरम”ल्य बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध