नेभिगेशन
अर्थ विविध

धरहरा आजदेखि दैनिक १२ घण्टा खुल्ने, सार्वजनिक बिदामा पनि सञ्चालन हुने

काठमाडौँ । साउन १ गतेदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने भएको छ । बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दैनिक (१२ घण्टा) धरहरा खुल्ने भएको हो ।

यसअघि दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म धरहरा सर्वसाधारणका लागि खुल्ला हुँदै आएको थियो ।

शहरी विकास मन्त्रालयकाका अनुसार अबदेखि सार्वजनिक बिदाको दिन पनि धरहरा चढ्न पाइने भएको छ । शनिवार दिइने साप्ताहिक बिदाको सट्टा बुधवार धरहरा बन्द हुने बताइएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुनर्निर्माणपछि गएको असोज ३ गतेदेखि परीक्षणका रूपमा खुला गरिएको थियो । गएको मङ्सिर ९ गतेदेखि भने शुल्कसहित धरहरा खुला गरिएको हो ।

धरहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै अहिले स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय, सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध