सरकार र आन्दोलनरत विज्ञापन व्यवसायी संघबीच ७ बुँदे सहमति

बिहीबार, जेठ ४, २०८०

काठमाडौँ– नेपाल सरकार र आन्दोलनरत विज्ञापन व्यवसायी संघ (आन)बीच ७ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी, उपसचिव टेकबहादुर महत तथा नेपाल विज्ञापन संघका प्रतिनिधि सुदीप थापा, कृष्णप्रसाद घिमिरे, कृष्णमुरारी लामिछाने, रवीन्द्रकुमार रिजाल शशी, विज्ञापन बोर्डका सदस्य बलराम थापाको हस्ताक्षरमा उक्त सहमति भएको हो ।

नेपाल बिज्ञापन संघले बैशाख २७ गतेदेखि नेपाल सरकारद्वारा बिज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गरि बिज्ञापन बोर्ड मार्फत एकद्वार गर्ने प्रक्रियाको विरुद्धमा विभिन्न कार्यक्रम मार्फत विरोध गर्दै आएको थियो ।

बुधबार सरकार र नेपाल विज्ञापन संघका बीच १३ बुँदे मागका सम्बन्धमा सहमति पत्रमा हस्ताक्षर भएपछि संघका तर्फबाट सम्पूर्ण आन्दोलन स्थगित गरिएको छ ।

यस्तो छ ७ बुँदे सहमति :

Tan1684399929.jpg

 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्