सहिद स्मारक ‘ए’ डिभिजन : एनआरटी र फ्रेन्ड्स, जावलाखेल र मनाङ दुबै खेल बराबरीमा

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं– न्युरोड टिम (एनआरटी) सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार हारबाट जोगिएको छ । 

एन्फा कम्प्लेक्समा भएको खेलको २८औं मिनेटमा रफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा ०–१ को अग्रता बनाएको फ्रेन्ड्सले २८औं मिनेटमा अग्रता गुमाएको थियो । अमित तामाङले आत्मघाति गोल गरेसँगै एनआरटीले १–१ को बराबरी गरे । त्यसको आठ मिनेट नबित्दै अमित तामाङले नै पेनाल्टीमार्फत गोल गर्दै फ्रेन्ड्लाई पुनः अग्रता दिलाएका थिए ।

जिन एनिसेन्टल ७९औं मिनेटमा पेनाल्टीको सदुपयोग गर्न नसक्दा एनआरटीले बराबरी गर्ने सुन्दर मौका गुमाएको थियो ।

तर, सङले ८९औं मिनेटमा गरेका गोलसँगै एक अंक खोस्न सफल भयो । बराबरीसँगै एनआरटी १८ खेलबाट २२ अंक जोडेर आठौं स्थानमा छ । समान खेलबाट २० अंक जोडेको फ्रेन्ड्स ११औं स्थानमा उक्लिएको छ ।

जावलाखेल र मनाङ पनि बराबर

लिग लिडर जावलाखेल युथ क्लब २–० गोलको अग्रता जोगाउन नसक्दा आइतबार सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबसँग २–२ को बराबरीमा अल्झिएको छ । च्यासल रंगशालामा भएको खेलको ३३औं मिनेटमा कोटो मासोयाबीले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको जावलाखेलले ७५औं मिनेटमा पुनः गोल खाएको थियो । हिसुब थपलियाले गरेको गोलसँगै २–० को अग्रता बनाएको जावलाखेलले १० मिनेटमा दुई गोल खायो ।

विशोन गुरुङले ८०औं मिनेटमा गोल गर्दै स्कोर लाइन २–१ मा ल्याएका थिए । निर्धारित समयको अन्तिम मिनेटमा सुमित श्रेष्ठले गरेको गोलसँगै मनाङले हार टारे ।

बराबरीसँगै जावलाखेल १८ खेलबाट ३१ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट २१ अंक जोडेको १०औं स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्