नेभिगेशन
अर्थ विविध

एमडीएमएस भोलिदेखि लागू गरिँदै [सूचनासहित]

काठमाडौं–मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सोमबार देखि लागू गरिँदै छ । नेपालमा प्रयोग हुने मोबाइल सेटहरूलाई व्यवस्थित गर्न यो प्रणाली लागू गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आइतबार सूचना प्रकाशित गर्दै व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू यो प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको जनाएको छ ।

‘निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, २०७७’ बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वयंले दर्ता गर्न सक्नेछन् । नागरिकता वा राहदानी प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ ।

नेपालभित्र खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस mमmक।लतब।नयख।लउ मा दर्ता भए÷नभएको यकिन गरी मात्र किन्न आग्रह गरिएको छ ।

यस्तै, आयातकर्ता÷बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको पूर्वस्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री–वितरण आग्रह गरिएको छ ।

मोबाइल सेटको गैरकानुनी आयात, बिक्री–वितरण र प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङरब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न यो प्रणाली लागु गरिएको प्राधिकरणले जनाएको छ ।

mdms1684040847.jpg


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध