Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्णाली सरकारले जलवायु परिवर्तनको असर कम गर्न अभियान चलाउने

शुक्रबार, वैशाख २९, २०८०

सुर्खेत–कर्णाली प्रदेश सरकारले जलवायु परिवर्तनबाट हुने असर न्यूनिकरण गर्न अभियान सञ्चालन गर्ने भएको छ । यो अभियानलाई देशव्यापी बनाउने गरी कर्णालीबाट प्रमुख मुद्दा बनाउने योजनामा प्रदेश सरकार छ ।

samridhi jewllers

पछिल्लो समय हिमालमा हिउँ पर्न छोडेको, समयमा वर्षा नहुने र त्यसको असर कृषि, खाद्यलगायत क्षेत्रमा परेर मानव अस्थित्वमा नै चुनौती थपिन थालेकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने गरी योजना निर्माण गर्ने प्रदेश सरकारको तयारी छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले जलवायु परिवर्तनको असर न्यूनीकरणका गर्न प्रदेशभर नै अभियान सञ्चालन गरिने बताए ।

त्यसका लागि विभिन्न विज्ञहरुसँग छलफल गरेर योजना निर्माण गरिने मन्त्री विसीको भनाइ छ । उनले भने, “अहिले विश्वले नै भोगिरहेको जलवायु परिवर्तनको असरबाट हामी पनि प्रभावित छौँ । यससँग रहेर पनि काम गर्नुपर्ने छ, हाम्रा हिमालमा हिउँ पर्न छोड्यो, पानीका मुहान सुक्न थाले, जलचर संकटमा छन् । त्यसैले यस विषयमा पनि विज्ञसँगको छलफल थालिएको छ । आगामी नीति तथा कार्यक्रममा यो विषयलाई प्राथमिकतामा राखिनेछ ।”

सरकारले ठूलो सङ्ख्यामा वन पैदावरबाट हरित रोजगारी सिर्जना गर्ने योजना बनाएको छ । त्यसको कार्यान्वयन भने सुरु भइसकेको छैन । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्